शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष थापा केन्द्रीय सचिव पदको उम्मेद्धारी दिने

नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष थापा केन्द्रीय सचिव पदको उम्मेद्धारी दिने

  • आइतवार, मंसिर ५, २०७८
नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष थापा केन्द्रीय सचिव पदको उम्मेद्धारी दिने

बाजुरा–नेकपा एमालेका प्रभावशाली नेता तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा केन्द्रीय कमिटिको सचिवमा उम्मेद्धारी दिने भएका छन । केन्द्रीय कमिटको पोलिट ब्युरो सदस्य समेत रहेका एमाले नेता थापा सचिव पदका लागि उम्मेद्धारी दिने बताएका छन ।
थापा एमाले भित्रका प्रष्टबक्ता, निडर तथा प्रभाबशालि नेताका रुपमा परिचित रहेका छन् । संबिधान सभाको दोस्रो चुनावमा सदस्यमा बिजयी भएका थिए । थापाको घर बाजुराको बुढिगंगा नगरपालिका ९ बाह्रबिस हो ।
नेकपा एमालेको १० औ महाधिबेशन यहि मंसिर १० गते देखी १२ गते सम्म चितवनमा हुने अधिबेशनमा नेता थापा सुदुर पश्चिमको एक युवा र प्रभावशाली नेताको रुपमा चिनिएका छन । सुदुर पश्चिममा राम्रो प्रभाव राख्ने नेताका रुपमा रहेका थापा १० औँ महाधिबेशनमा केन्द्रीय कमिटिको सचिवमा लड्ने बताएका छन ।
नेता थापा २०७० सालमा भएको संबिधान सभाको निर्बाचनमा बाजुराबाट अत्याधिक मतका साथ बिजयी समेत भएका हुन । नेपाल कम्युनिस्ट पाटी एमाले पोलिट्ब्युरो सदस्य तथा केन्द्रिय कमिटी सदस्य, पुर्ब उद्योग मन्त्री नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष समेत भइसकेका थापाका लागि केन्द्रीय कमिटि सचिवको उम्मेद्धार निर्बिकल्प भएको नेता थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार