शुक्रबार, मंसिर १७, २०७८
  • होमपेज
  • समाचार
  • पत्रकार ऐडीको निधन

पत्रकार ऐडीको निधन

  • आइतवार, मंसिर ५, २०७८
पत्रकार ऐडीको निधन

सिमकोट — हुम्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनकी श्रीमती बविता बुढाले बताइन्। पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिइन्। तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो।

पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए। उनकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन्। आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो। उनको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ। ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुन्।

चर्चामा

सम्बन्धित समाचार