बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • आइतवार, मंसिर ५, २०७८
आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी — आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ ।

बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका छन् । तिरूपती पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौँ तीर्थयात्री अलपत्र परेका छन् ।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

बिहीबारदेखि परेको वर्षाका कारण चेयुरु नदी बहाव बढेको छ । बाढी प्रभावितको उद्धारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार