बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार जेपी जोशीकाे परिवारलाइ आर्थिक सहयोग

पत्रकार जेपी जोशीकाे परिवारलाइ आर्थिक सहयोग

  • मङ्लबार, कार्तिक ३०, २०७८
पत्रकार जेपी जोशीकाे परिवारलाइ आर्थिक  सहयोग

बाजुरा–कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई नगद आर्थिक सहयोग गरिएको छ । काठमाडौ बस्दै आएका फिल्म निर्माता अमृत ढुङ्गानाले १० हजार सहयोग गरेका छन् । जोशीका छोरीलाई स्टेशनरी स्कुल ड्रेसका लागि सहयोग गरेको ढुङ्गानाले वताए ।
सहयोग प्राप्त पछि जेशी जोशीकी श्रीमति बसन्ति जोशीले सहयोग रकम स्टेशनरी स्कुल ड्रेसका लागि सहयोग भएको बताएकि छन् । ढुङ्गाना लामो समय देखी सामाजिक सेवामा काम गर्दै आएका छन् । उनि समस्या परेकालाइ सहयोग गर्दै आएका छन् । २०६५ सालमा हत्या भएका पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा परेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका ३ जना परिवार आर्थिक संकटमा परेको समचार प्रकाशित भएको थियो ।
पत्रकार जोशीका श्रीमति बसन्ति जोशी, १८ बर्षिय छोरी पुजा जोशी र १४ बर्षिय गिता जोशी रहेका छन् । पुुजा कक्षा ११ मा र गिता कक्षा ७ मा अध्यन गर्ने गरेका छन् ।
जेपी जोशी २०६५ असोज २२ गते घर बाट काठमाडौ जाने भएर गएका थिए । २२ गते देखी सम्पर्कमा नआएका जोशी सोही बर्ष मंसिर १३ गते मालाखेती जंगलमा उनको मृतक लाश भेटिएको थियो ।बसन्तिको आधा कट्टामा चुुहिने घर पुरानो घर छ । पुजाले भनिन्, बिद्यालयमा शुुल्क तिर्न भनेर पटक पटक भन्छन्, आफुलाई पनि मानसिक चिन्ता हुुने गरेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार