सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • राजनीति
  • प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष ओली, महासचिबमा भट्ट

प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष ओली, महासचिबमा भट्ट

  • आइतवार, कार्तिक २८, २०७८
प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष ओली, महासचिबमा भट्ट

बाजुरा — प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्ण ओली चयन भएका छन ।भने महा सचिबमा शिबराज भट्ट चयन भएका छन् ।
यस अघि संयोजन र सह संयोजन मात्रै रहेको कमिटीलाई कार्तिक २२ गते डडेलधुरामाभएको भेलाको छलफलको आधारमा प्रदेश कमिटीले पूर्णता पाएको हो । भेलामा भएको छलफलको आधारमा अध्यक्षमा कृष्ण ओली चयन भएका छन् । यस अघि ओलीलाई प्रदेश संयोजकको जिम्मेवारी दिईएको थियो ।
उपाध्यक्षमा लीलीकुँवर र हरिश चन्द्र सचिवमा नरेन्द्र कार्की र कृष्ण बुढा तथा कोषाध्यक्ष लोकेश साउँद चयन भएको अध्यक्ष ओलीले जानकारी दिएका छन् ।
कार्तिक २२ गते डडेल्धुरामा प्रदेश भेला सम्पन्न भएको थियो । १२ बुँदे घोषणपत्र जारी गर्दै भेला सम्पन्न भए पनि पदाधिकारीको टुंगो आइतबार लागेको हो । ९९ सदस्यीय प्रदेश कमिटी रहने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार