शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे साप्पाटामा समाजवादीको कार्यक्रममा एमाले र समाजवादी बिच झडप भएपछि…….

बाजुराकाे साप्पाटामा समाजवादीको कार्यक्रममा एमाले र समाजवादी बिच झडप भएपछि…….

  • शनिबार, कार्तिक २०, २०७८
बाजुराकाे साप्पाटामा समाजवादीको कार्यक्रममा एमाले र समाजवादी बिच झडप भएपछि…….

बाजुरा–बाजुराको साप्पाटामा नेकपा एकीकृत समाजवादी र नेकपा एमाले बिच झडप भएपछि साप्पाटाको रुघुमाता माबिमा तोडफोड भएको छ ।
कार्तिक १४ गते नेकपा एकीकृत समाजवादीले गरेको कार्यक्रममा नेकपा एमाले कार्यक्रताले अबरोध गर्न खोज्दा झडप भएको हो । गाउँपालिका अध्यक्ष चिरिञ्जीवि शाहि समेत रहेको समाजवादीको कार्यक्रम रघुमाता माबिमा भइरहेको थियो । कार्यक्रम चलिरहेकै बेला दुइपक्ष बिच एकाएक झडप भएको हो ।
बिद्यालयका प्रअ प्रकाश बमका अनुसार दुबै पक्ष बिच भएको झडपमा बिद्यालयको सोलार पाता फुटेको छ, भने अन्य बिद्यालयको संरचना र शैक्षिक सामाग्रिमा समेत क्षति पुयाएको वताएका छन् । हामिले प्रहरीलाइ बोलाएर मुचुल्का तयार पारेका छौ, तर कसले बनाउन कुनै कुरा नभएको बमले वताए ।
नेकपा एकीकृत समाजवादीका अनुसार आफुहरुको कार्यक्रममा एमालेले ढुङ्गमुढा प्रहार गरेको बिद्यालयमा एमाले कार्यक्रताले क्षति गरेको वताएका छन् । एमाले कार्यक्रताले भने गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले आफुहरुको भोटको अमुल्याकंन गरेको भन्दै उहाँ उक्त कार्यक्रममा भएकाले बिरोध जनाएको वताएको छ । कार्यक्रममा एमाले पक्षधरले नाराजुलुस समेत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार