शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • २४ बर्षपछि धनगढीबाट पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान

२४ बर्षपछि धनगढीबाट पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान

  • आइतवार, कार्तिक ७, २०७८
२४ बर्षपछि धनगढीबाट पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान

बाजुरा — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) २०५४ साल पछि अर्थात २४ बर्षपछि धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भरेको छ । २०५४ साल अघि धनगढी, टिकापुर, महेन्द्रनगर बाट पहाडि जिल्लामा नेपाल एयरलाइन्सले उडान गर्दै आएको थियो ।
करिब २४ बर्ष पछि धनगढि बाट पहाडि जिल्लामा नेपाल एयरलाइन्स उडान शुरु गरेको धनगढी विमानस्थलका पुर्व मेनेजर जनक बिष्टले वताएका छन् । नेपाल एयरलाइन्सले उडान शुरु गरेपछि पहाडि जिल्लाबासी खुशी भएका छन् ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार पहिलो दिन सोमबार धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान भएको हो । नेपाल एयरलाइन्स नेपालगञ्जले सबै ब्यबस्थापन हेरिरहेको छ, बाजुरा अछाममा पनि उडान हुने भट्टले वताए ।
डोटि र बझाङमा भने दुबै रुटका लागि नियमित उडान हुने छ भने भाडादर कायम भइसकेको छ । ‘धनगढीदेखि डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढी आउन २ हजार ५ सय १५ भाडादर कायम भएको छ । ‘धनगढीदेखि बझाङको ३ हजार ९ सय ९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८ सय ९५ भाडादर कायम भएको छ ।’
बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका छन् । यातायात सेवा बन्द भएकाले सस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो । अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो ।
चाडपर्वको मुखमा नेपाल नेपाल एयरलाइन्सले पहाडि जिल्लामा उडान शुरुले यहाँको पर्यटन प्रबद्धनमा समेत सघाउ पुग्ने भएको छ । सेवा शुरु गरेपनि नियमित हुनुपर्नेमा स्थानिय बासिको भनाइ रहेको छ । नेपाल एयरलाइन्स पटक पटक विवादित हुने बन्द हुने जस्ता समस्या झेलिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार