शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कहिलेदेखि सुचारु हुन्छ डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग ?

कहिलेदेखि सुचारु हुन्छ डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग ?

  • शनिबार, कार्तिक ६, २०७८
कहिलेदेखि सुचारु हुन्छ डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग ?

सुदूर पहाडका ३ जिल्ला जोड्ने केआइसिंह राजमार्ग पूर्णरुपमा सञ्चालन हुन अझै समय लाग्ने भएको छ। वर्षापछि अवरुद्ध भएको केआईसिंह राजमार्ग सञ्चालन हुन अझै समय लाग्ने देखिएको छ। ३ पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवातजावत रोकिएको छ।
डडेल्धुराको स्याउलेदेखि डोटीको सिलगढीसम्म पर्ने राजमार्ग क्षेत्रमा पहिरो जानुका साथै ठाउँ–ठाउँमा सडक भाँसिएको र चिरा परेका कारण आवातजावत ठप्प भएको छ। अन्य स्थानमा पहिरो हटाइएको भएपनि रडुवामा भने समय लाग्ने देखिएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए। ‘ठूलो क्षति रडुवामा नै भएको छ। उक्त स्थानमा एक सय मिटर सडक भत्किएका कारण सवार चल्न अझै दुई दिन समय लाग्ने देखिएको छ’ उनले भने।

अहिले सडक डिभिजन कार्यालय डोटीले केआइसिंह राजमार्गभित्र परेका पहिरो पन्छाउने काम गरिरहेको जनाएको छ। रडुवा बाहेकको अन्य स्थानमा पहिरो हटाउने काम सकिएको छ। अन्य स्थानमा अहिले पनि एकतर्फी रुपमा सवारीसधान सञ्चालन गर्न मिल्ने भएपनि रडुवामा खसेको पहिरोका कारण सडक सुचारु गर्न अझै दुई दिन समय लाग्ने अनुमान गरिएको छ। नयाँ ट्रयाक खोलेर गाडी सञ्चालन गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय डोटीका प्रमुख योगेन्द्र अधिकारीले बताए। उनले भन्छन्, ‘पूर्णरुपमा मर्मत गर्न अहिले सकिन्न। नयाँ ट्रयाक खोलेर बाटो सञ्चालन गर्ने काम भइरहेको छ। दुई दिन भित्रै सडक सुचारु गर्ने प्रयास भइरहेको छ।’

सडक अवरुद्ध भएकै कारण जिल्लामा हुने आवातजावत रोकिएको छ। विशेषगरी दसैं मनाउन घर गएकाहरु कर्मथलो फर्किन पाएका छैनन् भने बिरामी लगायत अन्य आवातजावत गर्नेलाई समयस्या हुँदै आएको छ। सडक सुचारु गर्ने प्रयास भइरहेपनि पूर्ण रुपमा मर्मत गर्न भने एक महिना भन्दा बढी लाग्ने अधिकारीहरु बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार