बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • धनगढी र सुदूर पहाडमा नेपाल वायुसेवा निगमले उडान भर्ने !

धनगढी र सुदूर पहाडमा नेपाल वायुसेवा निगमले उडान भर्ने !

  • शुक्रबार, कार्तिक ५, २०७८
धनगढी र सुदूर पहाडमा नेपाल वायुसेवा निगमले उडान भर्ने !

धनगढी — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमका जहाँजले दैनिक उडान भर्ने बताएका छन्। बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिएको बताए।

मन्त्री आलेको निर्देशन पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमित रुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। उनले भने, “बाजुरामा हाम्रो जहाँज सञ्चालन थियो, अब मन्त्री ज्युको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुने छ।” बर्सातका कारण बाढी पहिराले राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ति हुँदै आएको छ।

बाढी पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई नागरिकले बाढी पहिराले बाटा, घाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाँज सञ्चालनका लागि आग्रह गरेपछि उनले सुदूरपश्चिममा पहाडी जिल्लामा जहाँजको नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन्। मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारबाट कैलालीको धनगढी बिमानस्थलबाट जहाँज उडानका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ। मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौ पनि उडान गर्ने भएको छ।

चर्चामा

सम्बन्धित समाचार