मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बेमौसमी बर्षातले बाजुराका ४९ परिवार बिस्तापित

बेमौसमी बर्षातले बाजुराका ४९ परिवार बिस्तापित

  • बिहिबार, कार्तिक ४, २०७८
बेमौसमी बर्षातले बाजुराका ४९ परिवार बिस्तापित

बाजुरा — कार्तिक १ गते देखी आएको बेमौसमी अबिरल बर्षाका कारण पहिरोले बाजुराका जिल्लाको स्वामीकार्तिक खापर गाउपालिका १ माझगाउँका ४७ परिवार र त्रिबेणी नगरपालिका ४ का २ परिवार गरी ४९ परिवार बिस्तापीत भएका छन् ।
स्वामीकार्तिक खापर गाउपालिका १ माझगाउको चारै तिरबाट पहिरो बग्न थाले पछि माझगाउ पूरै बिस्तापीत भएको र त्यस्तै त्रिबेणी नगरपालिका ४ को मालागाड खोलाले कटान गर्न थालेपछि २ परिवार गरी ४९ परिवार बाढी पहिरोबाट बिस्तापित भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महराले जानकारी दिएका छन् ।
बिस्तापीत परिवारलाई स्थानिय जनप्रतिनिधि लगाएत अन्य छिमेकी गाउमा बासिन्दाले सुरक्षित ठाउमा उद्धार गरिहेको सुचना प्राप्त भएको प्रहरी प्रमुख महराले बताएका छन् ।
स्वामीकार्तिक खापर गाउपालिकामा पहिरोले ४९ परिवार, जगन्नाथ गाउपालिकाको केन्द्र जुड्डीको केही भवनहरु र त्रिबेणी नगरपालिकामा २ परिवार बिस्तापीत भन्ने सूचना प्राप्त भएको छ, अन्य क्षेतिबारे एकिन भई नसकेको प्रहरी प्रमुख महराले बताए । जिल्लामा दुई दिन देखी संचार सेवाबाट बिच्छेद पछि जिल्लाका दुर्गम क्षेत्रको क्षेति बिबरण आई नसकेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार