शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाचार
  • बैतडी : जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाइते

बैतडी : जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाइते

  • शनिबार, अशोज ३०, २०७८
बैतडी : जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाइते

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका १ मा जन्ती बोकेको जीप दुर्घटना भएको हो ।

सुर्नया ८ ढोल्यामोडबाट सिगास १ खड्क्यौडा जन्ती लिएर फर्किदा शुक्रबारराती १० बजेको समयमा से १ ज १७० नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका ४ जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने थप ४ जनाको अवस्था गम्भिर रहेकाले धनगढी ल्याईएको छ ।

गम्भिर घाइते हुनेमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सेहि ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुसील बोहरा रहेका छन् । उनिहरुको कैलाली स्थित पद्मा अस्पतालमा उपचार भइरहेको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।

चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार