शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाचार
  • मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

  • मङ्लबार, अशोज २६, २०७८
मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

मुगु : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ। २४ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ४ जनाको मृत्यु भएका छन्।

घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार