बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल बढ्दै

बाजुरा सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल बढ्दै

  • मङ्लबार, अशोज २६, २०७८
बाजुरा सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल बढ्दै

बाजुरा — दशैँ नजिकिँदै गर्दा बाजुरा जिल्लाको सदरमुकाम रहेकाे मार्तडी बजार सुनासान बनेको छ भने गाउँमा स्थानीयवासीको चहलपहल बढ्दै गएको छ । जिल्ला सदरमुकाम मार्तडीमा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा भएर सबै बाहिरिएपछि सदरमुकाम मार्तडी बजार सुनसान बनेको हो ।

रोजगार, अध्ययन र अन्य कामका लागि  बहिरिएका र चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीण वस्तीमा भने निकै चहलपहल छाएको स्थानियले बताएका छन । हरेक बर्ष झै यो बर्ष पनि दशैको बेला सदरमुकामको चहल पहल सुनसान बनेको छ ।
अघिल्लो बर्षहरुमा भन्दो बर्ष केही ढिलो गरि सुनसान बनेको हो । यो बर्ष नेपाली काग्रेसको अधिबेशनले गर्दा चतुर्थी सम्म चहल पहल रहेको थियो भने पन्चमी देखी सुनसान बनेको छ । यहा सुरक्षाकर्मी केही सरकारी कार्यालय स्थानीय कर्मचारी यही बसोबास गर्ने भन्दा बाहेक बाहिरका ब्यापारी कर्मचारीहरु बिद्यार्थीहरुले भने केही दिन पहिले नै सदरमुकाम छोडी सकेका छन ।

चर्चामा

सम्बन्धित समाचार