मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • पुरुष पत्रकारलाई कञ्चनपुरमा सुत्केरी भत्ता

पुरुष पत्रकारलाई कञ्चनपुरमा सुत्केरी भत्ता

  • आइतवार, अशोज २४, २०७८
पुरुष पत्रकारलाई कञ्चनपुरमा सुत्केरी भत्ता

कञ्चनपुर– कञ्चनपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले पुरुष पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता दिएको छ। जिल्ला सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिकले पत्रकार मदन नेपालीलाई प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिएको हो।

जनक्रान्ति दैनिकका सह–सम्पादक पहिलाद रानाले आइतबार नेपालीलाई सुत्केरी भत्ता वाफतको रकम हस्तान्तरण गरेका हुन्। जनक्रान्ति दैनिकका कार्यकारी सम्पादक मोहन बिष्टले संस्थामा आवद्ध पत्रकारको सामाजिक सुरक्षालाई ध्यान राखेर आर्थिक सहयोग गर्ने नीतिअनुसार नेपालीलाई प्रोत्साहन भत्ता दिइएको बताए।

उनले संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरु विरामी हुँदा, दुर्घटनामा पर्दा तथा सुत्केरी अवस्थामा प्रोत्साहन भत्ता दिदै आएको बताए। सुत्केरी भत्ता बुझ्दै पत्रकार नेपालीले संस्थाले प्रोत्साहन भत्ता प्रदान गरेकोमा खुसी व्यक्त गरे।

श्रमजीवीको सम्मान भएको अनुभुति पनि आफूले गरेको उनी बताउँछन्। उक्त रकमले आफू शिशु र आमालाई पोषिलो खानेखुरा खुवाउने नेपालीले बताए। भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरका नेपालीकी श्रीमती सम्झनाले पहिलो सन्तानका रुपमा गत असोज १९ गते महाकाली अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। दिनेश खबर बाट साभार

चर्चामा

सम्बन्धित समाचार