शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बुढीगंगा नगरपालिका वडा नम्बर २ र ३ को अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा एमाले बुढीगंगा नगरपालिका वडा नम्बर २ र ३ को अगुवा कार्यकर्ता भेला सम्पन्न

  • आइतवार, अशोज २४, २०७८
नेकपा एमाले बुढीगंगा नगरपालिका वडा नम्बर २ र ३ को अगुवा कार्यकर्ता भेला सम्पन्न

बाजुरा — नेकपा एमाले बुढिगंगा नगरपालिका वडा नम्बर २ र ३ को सयुक्त आयोजनामा कार्यकर्ता अगुवा भेला तथा विजया दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकेा छ ।

वडा अध्यक्ष रमेश थापाकाे अध्यक्षतामा संचालन भएकाे  कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा नेता भरत थापा रहेका थिए । विशिष्ठ अतिथि नेकपा एमाले बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य राम ब बानियाँ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भरत थापाले नेकपा एमाले पार्टी आगामी दिन टोल देखि जिल्ला सम्म आफ्ना कमिटी ससक्त रूपमा चलाएमान गर्नुका साथै पार्टीको सुदृढीकरणको अभियानमा अगाडि बढ्ने बताएका छन् । याे अभियानमा सबै पार्टी संगठन हरू चलायमान बनाउन सबै एमालेहरूले लाग्नु पर्ने बेला अाएकाे प्रमुख अतिथि समेत रहेका युवा नेता थापाले बताएका छन ।

युवा नेता थापाले भने आगामी निर्वाचनमा बाजुरा जिल्लाका सबै स्थानीय तहमा एमालेको जित हुने गरि पार्टीका सबै भार्ती संघठनहरू परिचालन गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार