शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस बाजुराको सभापतीमा भएकाे दोस्रो चरणको मतदान सम्पन्न ११८२ मत खस्यो

नेपाली काँग्रेस बाजुराको सभापतीमा भएकाे दोस्रो चरणको मतदान सम्पन्न ११८२ मत खस्यो

  • बिहिबार, अशोज २१, २०७८
नेपाली काँग्रेस बाजुराको सभापतीमा भएकाे दोस्रो चरणको मतदान सम्पन्न ११८२ मत खस्यो

बाजुरा —  नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सभापतीमा दोस्रो चरणको मतदान सम्पन्न भएको छ । बिहिबार दिउसो १ बजेदेखी मतदान सूरु भएको मतदानमा १ हजार १ सय ८२ मत खसेको नेपाली काँग्रेस निर्वाचनको समितिले जनाएको छ । असोज १६ गते बाट काँग्रेस बाजुराको ७ औँ अधिवेशन सुरु भएको थियो । १ हजार २ सय १२ मतदाता मध्य १ हजार १ सय मत खसेकाे छ । पहिलाे चरणकाे मतदानमा १ हजार २ सय पाच मत खसेकाे थियाे ।

काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट पहिलो चरणको मतदान भएर काग्रेस बाजुराले सभापती चुन्न नसकेर बिहिबार दोस्रो चरणको मतदान भएको नेपाली काग्रेस निर्बाचन समितिले जानकारी दिएको छ ।

निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापतीका उम्मेद्धार रहेका छन । भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल उम्मेद्धार रहेका छन । मतदान सम्पन्न पश्चात केही बेर पछि मत गणना सुरू हुने निर्बाचन मण्डलले जानकारी दिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार