शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काँग्रेस बाजुराकाे मतगणना अपडेट : ९ सय २ मत गन्दा पछिल्लो मत परिणाम यस्ताे छ

नेपाली काँग्रेस बाजुराकाे मतगणना अपडेट : ९ सय २ मत गन्दा पछिल्लो मत परिणाम यस्ताे छ

  • बिहिबार, अशोज २१, २०७८
नेपाली काँग्रेस बाजुराकाे  मतगणना अपडेट : ९ सय २ मत गन्दा पछिल्लो मत परिणाम यस्ताे छ

बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान गणनाको प्रारम्भीक नतिजा प्रकाशन भएको छ । बाजुराको नेपाली काँग्रेसको १ हजार २ सय १२ मध्ये १ हजार २ सय ५ मत खसेको थियो ।

बुधबार बिहान ६ बजे देखी गणना सुरु गरिएको मत गणनाकाे बिहिबार बिहान ३ बजेकाे मत परिणाम अनुसार ९ सय २ मत गणना भएकाे जनाएकाे छ । जसमा  सभापतिका उम्मेद्धार कबिराज पण्डितले ३ सय ६९ मत ल्याएका छन भने रामसिं रावलको ३ सय ६८ मत ल्याएका छन । त्यसै गरी स्वतन्त्र उम्मेद्धार चक्र शाहको१ सय २ मत आएको जनाएकाे छ ।

त्यसै गरी उप सभापतीमा नारायण पाध्याय ५ सय ६६ पदम बडुवालको ५सय ६८ र शेर बहादुर खातीको ३ सय१३ मत प्राप्त गरेका छन । सचिवमा तिलकराज पुरीको ४ सय १६ भरत बहादुर रोकाया ४ सय १ रनसिहं अएडी ३ सय १८ राजेन्द्र शाह बिपिको ९० र शिब बोहराले ३ सय २१  मत प्राप्त गरेका छन ।

सह सचिवमा कृष्णराज पाध्याय ३ सय ५८ धन बहादुर रावत १ सय २८, नन्द बहादुर थापा ६७, प्रकाश रावल २ सय ८१ , मिन बहादुर भण्डारीको २ सय ४४  मोहनसिं कार्की १ सय ७८ र सुरेन्द्र बहादुर सिहंको २ सय ६० मत रहेको छ ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल रहेको छ ।

नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन ।

त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुस खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार रहेका छन भने । समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगायत का कोटामा ७ जना बिच मतदान भएको छ ।

चर्चामा

सम्बन्धित समाचार