बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेस नेता तथा बडिमालिका नगरपालिका प्रमुख बडुवालद्वारा उप सभापतीको उम्मेदवारी दर्ता

काँग्रेस नेता तथा बडिमालिका नगरपालिका प्रमुख बडुवालद्वारा उप सभापतीको उम्मेदवारी दर्ता

  • सोमवार, अशोज १८, २०७८
काँग्रेस नेता तथा बडिमालिका नगरपालिका प्रमुख बडुवालद्वारा उप सभापतीको उम्मेदवारी दर्ता

बाजुरा — बडिमलिका नगरपालिकाका नगर प्रमुख तथा बिकाशबादी नेता पदम बडुवालले जिल्ला कार्य समिति उप सभापतीमा आफ्नो उम्मेद्धारी दर्ता गरेका छन । १४औँ महाधिबेसन तथा ७ औँ जिल्ला अधिबेशनको तयारीमा रहेको नेपाली काँग्रेस बाजुरामा एक पछि अर्कोले आ-आफ्नो उम्मेद्धारी दिने तयारीका साथ नेता बडुवालले उप सभापतीमा आफ्नो उम्मेद्धारी रहेको बताएका छन ।
आफू नेतृत्व लिन योग्य र सक्षम रहेकोले सबै लाई सहयोग गर्न अनुरोध नगर प्रमुख तथा उप सभापतीका उम्मेद्धार बडुवालले नया सोच र परिवर्तनका संवाहक ,नेपाली काङ्ग्रेसको आधार भन्ने ध्यायको साथ पार्टीलाई थप बलियो र नया उचाईमा पुर्याउनु आफ्नो लक्ष्य रहेको बडुवालले बताएका छन । बडुवाल हाल नेपाली काङ्ग्रेस बडिमालिका नगरपालिको नगर सभापती रहेका थिए ।

बडिमालिका नगरपालिकाको मुहार फेर्ने एक मात्रै बिकासबादी क्रान्तीका एक योध्द्धाको रुपमा चिनिएका नेतको रुपमा बडुवालले राजनितिक रुपमा पनि अगी बढ्ने गरी पार्टीको राजनितिमा जाने बताएका छन । बडुवाल पार्टीको पछिल्लो पुस्ताको जिम्मेवार, इमानदार र जुझारु योद्धाका रुपमा चिनिदै आएका छन ।
बडुवालले पहिले देखि राजनितिमा खटिएर आफुले पाटीलाई बलियो बनाउने र महिला, दलित र पिपन्न गरिब जनताका हकहितका आवजहरुलाई उठाउदै आज यहाँ सम्म आईपुगेको बताए ।

चर्चामा

सम्बन्धित समाचार