मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • भालुको आक्रमणबाट घाईते कौशिलाको उपचारको लागि जुवापानी सेवा समाजबाट आर्थिक सहयोग

भालुको आक्रमणबाट घाईते कौशिलाको उपचारको लागि जुवापानी सेवा समाजबाट आर्थिक सहयोग

  • बिहिबार, भदौ ३१, २०७८
भालुको आक्रमणबाट घाईते कौशिलाको उपचारको लागि जुवापानी सेवा समाजबाट आर्थिक सहयोग

निराजन सिंह / बाजुरा– भालुको आक्रमणबाट घाईते बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी निवासी २१ वर्षिय कौशिला नेपालीलाई उपचारको लागि जुवापानी सेवा समाज धनगढी र सेवा समाजका सदस्यहरुले आर्थिक सहयोग गरेका छन् ।

जुवापानी सेवा समाजबाट ५ हजार १ सय रुपैया सहयोग गरीएको छ भने । अन्य सदस्यहरुले ब्यक्तिगत रुपमा पनि सहयोग गरेको जुवापानी सेवा समाजका सदस्य महेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।

ब्यक्तिगत सहयोग गर्ने सदस्यहरुमा हंसबहादुर सिंहले ५ हजार १ सय, भक्तबहादुर सिंहले १ हजार, दिपकबहादुर सिंहले १ हजार ५ रुपैया, बर्खबहादुर सिंले ५ सय, प्रेमबहादुर सिंहले १ हजार हसयोग गरेका छन् ।

त्यस्तै पुरनबहादुर सिंहले ५ सय, धनबहादुर सिंहले १ हजार, भरतबहादुर शाहले ५ सय, महोन सिंहले १ हजार र कलकजंग सिंहले ३ हजार गरि जम्मा १९ हजार ७ सय ५ रुपैया हस्तान्त्रण गरिएको सिंहले बताएका छन् ।

भदौ १७ गते दिउसो बस्तु भाउ चराउन गएको समयमा भालुको आक्रमणमा परि शक्त गाईते बनाएपछि उपचारको लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भब नभए पछि काठमाडौ रिफर गरिएको थियो ।

भालुको आक्रमणबाट घाईते भएकी कौशिलाको काठमाण्डौकोमा उपचार भईरहेको र अर्थिक अभाबले उपचारमा समस्या भएको उनकी आमा दिला नेपालीले बताएकी छन् ।

नेपालीको उपचारमा ५ लाख बढी लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । समासेवी प्रकाश सिंह र सम्राटसिंह बस्नेतको पहलमा शिक्षण अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ ।
कौशिलाका बाबु पिल्ठे नेपालीको केही बर्ष पहिले कामको शिलशिलामा भारतमा मृत्यू भईसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार