शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ३ दिन सम्म भव्य रुपमा संविधान दिवस मनाउने

बाजुरामा ३ दिन सम्म भव्य रुपमा संविधान दिवस मनाउने

  • सोमवार, भदौ २८, २०७८
बाजुरामा ३ दिन सम्म भव्य रुपमा  संविधान दिवस  मनाउने

बाजुरा — सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी गरे संगै बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाउने निर्णय भएकाे छ । संविधान दिवस  मूल समारोह जिल्ला समितिको साेमबार जिल्ला प्रशासन कार्यालय बाजुराकाे हलमा बसेको बैठकमा सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभइ सबैको सहभागीताका साथ दिवस मनाउने बारे छलफल भएको हो ।

साेमबार बसेकाे बैठकले जिल्ला स्थित सरकारी कार्यालय संघ संस्था बिद्यालयहरूले कार्यालयकाे प्राङ्गण सरसफाइ गरी कार्यालयमा राष्ट्रिय झण्डा एबं ब्यानर सजाउने  निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन ।   संबिधान दिवस मुल समाराेह समितीकाे बैठकले जिल्ला स्थित धार्मीक तथा पर्यटकिय क्षेत्रकाे सरसफाइ गर्ने,  जिल्ला स्थित सरकारी कार्यालय तथा सार्बजनिक ठाउँहरूमा दिप प्रज्वलन गर्ने , जिल्ला स्थित स्थानिय संचारमाध्यामबाटनेपालको संविधानका केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ । संबिधान सम्बन्धी महत्वका बिषयमा सुचना तथा सन्देश प्रकाशन तथा प्रशारण गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारीले बताए ।

त्यसै गरी  भव्यताका साथ संविधान दिवस मनाउने  सन्दर्भमा जिल्ला स्थित धार्मिक स्थलहरूमा पुजारी धर्मगुरूहरूबाट नित्य धार्मिक अनुष्ठान, संकल्प गर्दा राष्ट्र राष्ट्रियता, स्वतन्त्ररता र संबिधानका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहीदहरूकाे चिर शान्तिकाे कामना उच्च सम्मान  तथा श्रद्धा प्रकट गर्दै पुजापाठ तथा प्राथाना गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

 प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले असोज २, ३ र ४  गते  गरि ३ दिन सम्म साे दिवस मनाउने निर्णय गरीएकाे  गरेकाे जनाएकाे छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/09/Bajura-2.16.pdf

Bajura 2.16

चर्चामा

सम्बन्धित समाचार