आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • समाचार
  • शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्याक – सशस्त्र प्रहरी महानिरीक्षक खनाल

शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्याक – सशस्त्र प्रहरी महानिरीक्षक खनाल

  • शुक्रबार, भदौ २५, २०७८
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्याक – सशस्त्र प्रहरी महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताए । संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालय (Ministry Of Public Security) को आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई “सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स” विषयमा प्रमुख वक्ता (Keynote Speaker) को रुपमा सम्बोधन गर्नु हुदैं उहाँले सो कुरा बताएका हुन।
महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्तम मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनु हुँदैं शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए ।

No description available.
शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उनले जोड दिएका छन । यसरी तालिम प्राप्तल र क्षमता भएका कर्मचारीहरु श्रोत साधन सम्पन्नर भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्ति जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताउदै महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए ।
कुशल नेतृत्व¸ सामूहिक भावना र सहकार्य¸ अनुशासन¸ इमानदारी¸ सही योजना¸ समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्वपूर्ण हुने कुरामा जोड दिनुहुँदै उहाँले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्र्हरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्वपूर्ण हुने समेत बताए ।

महानिरीक्षक खनालले आफ्नो सम्बोधनको क्रममा आफू शान्ति स्थापनार्थ विश्वतका विभिन्नम मुलुकमा विभिन्न जिम्मेवारीमा रही खटिएको अनुभव स्मरण गर्नुहुँदै मिसन इलाकामा प्रभावकारी इन्टेलिजेन्सको परिचालनले सम्भावित चुनौती र हुन सक्ने घटनालाई न्यूनीकरण गर्न सकिने भएकोले इन्टेलिजेन्स नेटवर्कलाई प्रभावकारी बनाउनु पर्नेमा समेत जोड दिए ।
उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उप महासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तान सहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महानिरीक्षक खनाल सहित जम्मा ६ जना उद्घारटन सत्रको प्रमुख वक्ता (Keynote Speaker) को रुपमा रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार