बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • बझाङ पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

  • शुक्रबार, भदौ २५, २०७८
बझाङ पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

शिवजी मण्डेल/ बझाङ — जयपृथ्वी राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बिहीबार सडकको तलबाट चौड भन्ने ठाउँमा पहिरो जाँदा सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ सिमखेतमा सडक अवरुद्ध बनेको हो ।
बाहिरीबाट सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदा सदरमुकाममै रोकिएका छन् । भने बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका स्थानीयहरूले बताएका छन् ।

No description available.
यसरी सडक अवरुद्ध हुँदा सदरमुकाम चैनपुरमा पुगेको गाडीहरू बाहिरी जान नसक्दा निकै सास्ती भएको गाडी चालकहरू बताउ छन् ।
सडक अवरुद्ध भएपछि खाद्यान्न लगाएत अन्य सरसामान सदरमुकाम चैनपुर भित्र्याउन सास्ती भएको व्यापारीहरूले बताउने गरेका छन् ।
सडक अवरुद्धका कारण अहिले व्यापारीले बोकेर पनि सरसामानहरू ढुवानी गरिरहेका सदरमुकाम चैनपुरमा बस्ने रामगिरी बोहराले बताए

सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो “राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको उनलेे बताए । तल बाहुलीगाड खोला भएकाले सडक पुनः सञ्चालन हुन भने केही समय लाग्ने जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने हुँदा राजमार्ग अवरुद्ध हुने गरेको त्यहाँका स्थानीयको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार