शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बाजुरा नेकपा समाजबादीमा ८ जना जनप्रतिनिधीले गरे सनाखत

बाजुरा नेकपा समाजबादीमा ८ जना जनप्रतिनिधीले गरे सनाखत

  • सोमवार, भदौ २१, २०७८
बाजुरा नेकपा समाजबादीमा ८ जना जनप्रतिनिधीले गरे सनाखत

बाजुरा — बाजुरा जिल्लामा नेकपा समाजबादी पार्टीको पक्षमा ८ जना जनप्रतिनिधीले सनाखत गरेका छन । जिल्ला निर्बाचन कार्यालय बाजुरामा पुगेर ८ जना जनप्रतिनिधीले सनाखत गरेका हुन । सनाखत गर्नेमा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरनजिबी शाही र उपाअध्यध्यक्ष मिमा बुढा रहेका छन ।

No description available.

त्यसै गरी बुढिगंगा नगरपालिका वडा न ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा न ९ का वडा अध्यक्ष खडक बोहरा, बुढिगंगा नगरपालिका दलित महिला सदस्य बुदी सेराला बुढिनन्दा नगरपालिका वडा न ९ का वडा सदस्य छिङ्वा थापा लक्ष्मी बिक र डम्मर शार्की रहेका छन ।

No description available.

जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गर्न हिजो साझ देखी सदुरमुकाम पुगेका थिए र सोमबार दिउसो ३ जिल्ला निर्बाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले सनाखत गरेका छन ।

No description available.

केही जनप्रतिनिधीहरु भने भोली २२ गते मंगलबार गर्ने नेकपा समाजबादी पार्टीका नेता पुर बहादुर रावतले बताएका छन । नेकपा एसमा सनाखत गर्न थप अन्य जनप्रतिनिधीहरू पनि सदरमुकाम पुग्ने क्रम जारी रहेको नेकपा एसले जनाएको छ ।

No description available.
जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार