शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवास
  • भारतको जयनगर बजारमा घाँटी रेटिएको अवस्थामा नेपाली युवकको शव फेला

भारतको जयनगर बजारमा घाँटी रेटिएको अवस्थामा नेपाली युवकको शव फेला

  • शनिबार, भदौ १९, २०७८
भारतको जयनगर बजारमा घाँटी रेटिएको अवस्थामा नेपाली युवकको शव फेला

सिरहा नेपालसँग सिमा जोडिएको भारतीय बजार जयनगर नजिकै एक नेपाली युवकको शव फेला परेको छ ।

सिरहाको गोलबाजर नगरपालिका–४ निपनियाँका ४० वर्षीय दुखरण महराको शव भारत बिहारको मधुवनी जिल्ला अन्तरगत जयनगर बजार नजिकै पानीमा शव फेला परेको हो ।

महराको धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ ।

महरा बिहीवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेठा छोरा विमल महराले जानकारी दिए । मृतक र मृतककी आमाबीच मोटरसाइकल किन्ने विषयमा विवाद समेत भएको छोरा विमलले बताए ।

आज बिहान बेवारिसे अवस्थामा शव भेटिएपछि भारतीय प्रहरीले उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा मृतक नेपाली भएको पत्ता लगाएको थियो । भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर मृतकको परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार