शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • डा. जस्मिता बिरामीको सेवामा सँगै, बिरामीको उपचारमा आर्थिक सहयोग समेत गर्छन्

डा. जस्मिता बिरामीको सेवामा सँगै, बिरामीको उपचारमा आर्थिक सहयोग समेत गर्छन्

  • बुधबार, साउन २७, २०७८
डा. जस्मिता बिरामीको सेवामा सँगै, बिरामीको उपचारमा आर्थिक सहयोग समेत गर्छन्

बाजुराको जगन्नाथको जुठ्ठिमा रहेको अस्थायि कोभिड अस्पतालमा कार्यरत डा. जस्मिता बलमपाकी बिरामीको सेवामा निकै तल्लिन रहेकी छन् । डा.जस्मिता बिरामीको उपचार मात्र गर्दैनन्, उपचारमा आर्थिक अभाबमा परेका बिरामीलाई सहयोग गर्दै आएकि छन् ।
उनि गाउँपालिकामा आइसकेपछि धेरै बिरामी र असाहयलाई नगद सहयोग गरिरहेको गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । दुबै मृगौला फेल भएर काठमाडौमा उपचार गरिरहेका जगन्नाथ गाउँपालिका नबिन बहादुर शाहिलाइ उपचार सहयोग भन्दै ५ हजार सहयोग गरेकी छन् । नविन जस्तै महिनामा एक दुइ जनालाइ सहयोग गरिहेकी छन् ।
एकातिर उनको उनको सेवा प्रभाबकारी बन्दै आएको छ । बर्षौदेखी रोग पालिरहेका बिरामीले अहिले उपचार सेवा पाईरहेका छन् । अर्कोतिर अफ्ठयारा परेका ब्यक्तिलाइ उनि आर्थिक सहयोग गरिरहेकी छन् । गाउँपालिका अध्यक्ष कालि बहादुर शाहि भन्छन्, डाक्टरमा सेवा गर्ने भावना सँग सँगै आर्थिक समस्या परेर उपचार अभाबमा रहेका बिरामीलाई सक्दो सहयोग गरिरहेको बताएका छन् । उनमा पैसा कमाउने भन्दा पनि सेवा गर्ने भावना भएको शाहिले बडिमालिका खबर सँग बताए ।
डा. जस्मिता बलमपाकी दुर्गमका बिरामीको सेवा दिनमा ब्यस्त छिन् । दुुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुुर्गम जगन्नाथ गाँउपालिकामा पुुगेर सेवा दिइरहेकि छन् । अर्को उनि महिला चिकित्सक हुन्, उनि मेडिकल काउन्सिलको परिक्षामा पास भएपछि पहिलो पटक जागिर खान दुर्गम गाँउमा पुगेकी हुुन् ।

No description available.
दुुर्गममा चिकित्सक नआउने समस्या त छदै छ, अझ महिला चिकित्सक आउनुले पनि जस्मितामा बिरामीको सेवा गर्ने भाबना रहेको पाईएको गाउँपालिकाले वताएको छ । जस्मिताले भन्छन्, म पैसा भन्दा पनि सेवा गर्नुपर्छ भन्ने भावनाले दुुर्गममा सेवा दिन आएकि हु, कोही समस्यामा परेकालाई सहयोग गर्नु मेरो धर्म हो । आफु सँग धेरै पैसा हुदैन तरपनि सक्दो सहयोग गरिरहेको वताईन् । महिला चिकित्सक दुर्गममा सेवा दिन पुुग्दा बर्षौदेखी रोग लुकाउदै आएका महिलाहरुले पहिलो पटक खुुलेर उपचार गर्न पाएका छन् ।
जस्मिता जगन्नाथ गाँउपालिकाले दिएको तलब भत्ता भन्दा राम्रो उनि शहरबजारमा अस्पतामा काम गरेर कमाउन सक्छन् । तर आफ्नो पहिलो एउटै लक्ष्य थियो, दुुर्गममा आर्थिक अभाबमा सेवा नपाएका बिरामीको उपचारका लागि पुग्नु थियो, त्यहि अनुसार पहिलो रोजाई जगन्नाथ बनेको वताईन् ।
गाँउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशी भन्छन्, महिला चिकित्सक गाँउपालिकामा आएपछि रोग लुकाउदै आएका महिलाहरुले त पहिलो पटक उपचार पाएको वताए । त्यो सँगै पैसा नभएर सामान्य उपचारका लागि जिल्ला बाहिर जान नसक्नेले सेवा पाएको जोशी बताउछन् । स्थानिय डुमुरा बिष्टले भनिन् पैसा नहुुँदा जिल्ला बाहिर गएर उपचार गर्न सकेकि थिईन गाँउमै चिकित्सक आएपछि उपचार पाँउदा खुशि भएको वताईन् ।
उपचार सँगै बिरामीलाई परामर्श दिदा सेवा नै प्रभाबकारी हुुने हुुँदा पनि अहिले सम्म आउने बिरामी सबै सन्तृष्ट भएर जाने गरेको जस्मिताले वताईन् । धेरै बिरामी सञ्चो भएर खुुशी भएर जान्छन्, त्यहि नै मेरो कमाइ र सम्पत्ति भएको बताउँछन् । सेवा प्रभाबकारी हुनुमा सबैभन्दा बढि स्टाफ बिचमा समन्वय र गाँउपालिकाको सहयोग रहेको वताँउछन् । जस्मिताको घर कैलालीको गोदावरी नगरपालिका १ अत्तरीया हो । लुम्बीनि मेडिकल कलेज पाल्पामा एमबिबिएस पढेर गत कार्तिक १ गते मेडिकल काउन्सिलको परिक्षा पास गरेकी हुुन् । उनि भन्छन्, पास हुुने बित्तिकै पहिलो सेवा गर्ने इच्छाँ दुर्गममा बन्यो, त्यहि अनुसार जगन्नाथ पुगेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार