शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

  • बुधबार, साउन १३, २०७८
ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।

तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दोष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन । त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत जलाइयो ।

सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो । २०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो । स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो ।

स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । विवाद बढ्दै गयो । त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो । प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए । यो समाचारराजधानी दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार