शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • उर्लिदैँ आएको सेती नदीमा हाम फालेर बझाङ्गका एक जना बेपता

उर्लिदैँ आएको सेती नदीमा हाम फालेर बझाङ्गका एक जना बेपता

  • आइतवार, साउन १०, २०७८
उर्लिदैँ आएको सेती नदीमा हाम फालेर  बझाङ्गका एक जना बेपता

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङको सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन् । हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय स्थानीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जोशी आइतबार बिहान करिब ७ बजे सेतीमा हामफालेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन । ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘अनुसन्धान हुँदैछ ।’ स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको उहाँले बताउनुभयो । जोशीलाई अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्य जारी राखेको बताइन्छ।

चर्चामा

सम्बन्धित समाचार