बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • सेनाले कर्णाली करिडोर सडक सम्पन्न गरेर सडक बिभागलाइ हस्तान्तरण

सेनाले कर्णाली करिडोर सडक सम्पन्न गरेर सडक बिभागलाइ हस्तान्तरण

  • बिहिबार, असार ३१, २०७८
सेनाले कर्णाली करिडोर सडक सम्पन्न गरेर सडक बिभागलाइ हस्तान्तरण

प्रकाश सिंह

बाजुरा– नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर सम्पन्न गरेर सडक बिभागलाइ बुुझाएको छ । कालिकोटको लालु देखी बाजुरा हुदै हुम्लाको सरिसल्ला सम्म १ सय २२.७५ किलोमिटर काम सम्पन्न गरेर हस्तान्तरण गरेको नेपाली सेनाका प्राबिधिक सेनानी मिलन कार्कीले वताएका छन् ।
बिहीवार बाजुराको तिर्थिचौरमा हिल्सा सिमिकोट सडक आयोजना प्रमुख बिसुन दाबा लामालाइ सडक हस्तान्तरण गरेको हो । कणर्ाली करीडोर कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र हुम्लामा ३८.७५ किलोमिटर रहेको छ । सेनाले जिम्मा पाएको सडक निर्माण काम सम्पन्न पछि सडक बिभागलाइ हस्तान्तरण गरेको हो ।
सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान थियो । तर आर्थिक बर्ष ०७६।०७७ सम्म १ अर्ब ४५ करोड १७ लाख खर्च भएको थियो भने आर्थिक बर्ष ०७७।०७८ मा २० करोड ३८ लाख खर्च भएको थियो ।
कणर्ाली करिडोर अन्तर्गत बाजुराको राँगेभीर हिमाली गाँउपालिकामा रहेको कालापहरामा चट्टान लगायत हुम्ला र बाजुराको बिचमा पर्ने कवाडी सम्म दर्जनौ चट्टान फोरिँदै छिचोलेर कणर्ाली करिडोर निर्माण भएको छ । नेपालमा सड्क यातायातले नछुएको एक जिल्ला हुम्ला मात्र हो । हुम्ला जाने एक मात्रा बाटो यहि कणर्ाली करिडोर हो । हुम्लामा यातायात पुुगेपनि हुम्लाको सदरमुकाम सिमकोट पुुग्न भने अझै केही समय लाग्ने छ ।
नेपाली सेनाको नेतृत्वमा निर्माण कार्य भइरहेको कणर्ाली करिडोर सडकको निर्माण गतिले बाजुरा र हुम्लाका स्थानीयमा आफ्नो जीवन फेरिएको छ । निकै खुसियाली पनि ल्याएको छ । बाजुराको हिमाली गाँउपालिका बासिन्दा सडक सञ्चालनले आफूहरूको जीवन फेरिएकोमा उत्साहित छन् । ‘पुस्तौंदेखिको नुन-चामलकै संघर्षका लागि भारी बोक्ने दिन अन्त्य हुदै आएको विकासका ढोका खुलेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले भने, ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कणर्ाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कणर्ाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणले आशा जगाएको छ । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो, अबको पुस्ताले सुख पाउनेछ ।’
कणर्ाली करिडोर अन्तर्गत खुलालु-लैफु-सिमकोट सडक खण्डको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनाले लिएपछि कामले तीव्रता पाएको थियो । कालिकोटको खुलालु लाई जिरो प्वाइन्ट मानिएको छ ।
यस सडकलाई बाँके र रुपैडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कणर्ाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ । ‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा ‘क’ का सांसद बलदेव रेग्मीले भने । यस सडकबाट पूरै बाजुरा सडक सञ्जालमा गाँसिने छ । रारा जाने पर्यटकलाई यो मार्गले यात्रा सजिलो बनाइदिनेछ ।
कणर्ाली करिडोर सञ्चालनमा आएपछि बाजुराको उत्तरी क्षेत्रका बासिन्दा सड्क छेउमा बसाई सर्न थालेका छन् । कणर्ालीको किनार किनारै निर्माण भएको सड्कको बिभिन्न ठाँउमा माथि बाट तल सर्ने क्रम दिनप्रतिन बढदै गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार