शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • देउवा प्रधानमन्त्री भएपछि रातारात काठमाडौं पुगे ज्योतिषी

देउवा प्रधानमन्त्री भएपछि रातारात काठमाडौं पुगे ज्योतिषी

  • बुधबार, असार ३०, २०७८
देउवा प्रधानमन्त्री भएपछि रातारात काठमाडौं पुगे ज्योतिषी

सर्वोच्च अदालतले सोमबार शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दियो। परमादेश दिएसँगै देउवाले आफुबारे भविष्यवाणी गर्ने ज्योतिषीलाई रातारात काठमाडौं बोलाए। प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि देउवाले पुर्ख्यौली घर प्युठान गएर बसेका सुरेशचन्द्र रिजाललाई रातारात काठमाडौं बोलाएका हुन्। रिजाल देउवा बालुवाटार सर्ने शुभ मुहूर्त हेर्न मंगलबार रातारात काठमाडौं पुगेका थिए।
सर्वोच्च अदालतको सोमबार प्रतिनिधिसभा पुनर्स्थापनासँगै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि धेरैले ज्योतिषी एवं वास्तुविद् सुरेशचन्द्र रिजाललाई सम्झिए। रिजाल तिनै हुन्, जसले गरेको भविष्यवाणीका आधारमा नेपाली कांग्रेसका सभापति देउवाले ३० कात्तिक २०७४ मा भनेका थिए, ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई।’
२०७४ को चुनावमा वाम गठबन्धनले बहुमत ल्यायो, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बन्यो, देउवाको अभिव्यक्ति ठट्टाको विषयमा सीमित भयो।
तर, ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन भएसँगै फेरि प्रधानमन्त्रीमा देउवाको चर्चा शुरु भयो। दुई खेमामा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल प्रधानमन्त्री अफर गर्दै देउवा निवास बुढानीलकण्ठ पुगे। २३ फागुनमा नेकपाको एकता भंग भयो, माओवादी केन्द्रले फेरि देउवालाई प्रधानमन्त्री अफर ग¥यो। तर देउवा तयार भएनन्।

चर्चामा

सम्बन्धित समाचार