सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिकाकाे पिनालेखमा खुल्यो ‘केपी बा’ बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म

बडिमालिकाकाे पिनालेखमा खुल्यो ‘केपी बा’ बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म

  • बुधबार, असार ३०, २०७८
बडिमालिकाकाे पिनालेखमा खुल्यो ‘केपी बा’ बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म

बाजुरा– बडीमालिका नगरपालिका–१ पिनालेखमा एक महिलाले केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म नामक फर्म दर्ता गरेकी छिन्। पिनालेख निवासी नन्दा कुमारी नाथले उक्त फर्म आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेकी हुन्।

तरकारी, खरभुजा कन्दमुल उत्पादन, भेडापालन, पशुपंक्षी पालन तथा मिश्रित खेती गर्ने उदेश्यले खोलिएको उक्त फर्मको नाम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रभावित भएर राखिएको बताइएको छ। नन्दाका श्रीमानले ओलीको कामबाट प्रभावित भएर नै आफ्नी श्रीमतीको नाममा उक्त कृषि फर्म दर्ता गरेको पत्रकार कृष्ण ओलीले बताए। बाजुरामा पछिल्लाे समयमा केपी बा नामक सहकारि स्पाेट क्लब स्थापना भइरहेका छन्र । केपी बा स्पाेट क्लब याे भन्दा पहिला नै जिल्ला प्रशासन कार्यलयमा दर्ता हुने प्रक्रियामा रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार