शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • के कबिराज पण्डितको बिकल्पमा धनराज पण्डित सभापती बन्छन त ?

के कबिराज पण्डितको बिकल्पमा धनराज पण्डित सभापती बन्छन त ?

चुनाव भए सभापतिको उम्मेद्धवार नभए महाधिबेन प्रतिनिधिमा

  • बुधबार, असार ३०, २०७८
के कबिराज पण्डितको बिकल्पमा धनराज पण्डित सभापती बन्छन त ?

लक्ष्मीराज पाध्याय —  नेपाली कांग्रेसको सातौऔँ जिल्ला अधिवेशन आउदैै गर्दा बाजुरा जिल्लामा पनी वडा, गाँउ, क्षेत्र, प्रदेश तहमा राजनीतिक चहलपहल बढ्दै गएको छ । पार्टीले साउन १६ देखि १९ लाई जिल्ला अधिवेशनको मिति तोके सँगै बाजुरा जिल्लामा जिल्ला सभापती को हुने भन्ने बिषयका चर्चा चलेको छ । जिल्लामा सभापतिका लागि पनि आकांक्षीहरुबीच सरगर्मी बढ्न थालेको छ । नेपाली काग्रेस बाजुरामा पनी केन्द्र देखीको एक धार र अर्को धारका भन्दै पौडेल पक्ष, सिटौला पक्ष र देउवा पक्षले आ आफ्नै गुटमा केही ब्यक्तीहरुलाई सभापती बनाउन लागेको देखीन्छ ।
बाजुराको सभापति आकांक्षीमा हालकै सभापती कबिराज पण्डित पनी फेरी दोहोरीन सक्ने चर्चा पनी चलिरहेकै छ । सामाजिक सञ्जालमा पनि कबिराज पण्डित हुनुपर्ने धारणा सार्वजनिक आइरहेका छन् । अहिलेका सभापती कबिराज पण्डितले आफु सभापतीमा लड्न नचाहेमा तथा उनि केन्द्रिय सदस्य लड्न चाहेमा हालका पार्टी संगठन बिभाग प्रमुख धनराज पण्डितलाई अगाडी सार्ने आकंलन गरिएको छ । देउवा पक्षले कबिराज पण्डितको बिकल्प धनराज पण्डित हुन सक्ने आन्तरिक गृहकार्य गरेको पाईन्छ ।
को हुन धनराज पण्डीत ?
२०३४ सालमा साबिकको मार्तडी गाबिस वडा न २ हालको बडिमालिका नगरपालिका वडा न ७ जील्लीमा जन्मिएका धनराज पण्डित नेपाली काँग्रेसको बिद्यार्थी संगठन हुँदै हाल पार्टीको संगठन बिभागको जिम्मेवारी समालीरहेका छन ।
२०४८ सालबाट राजनितीक यात्रा तय गरेका पण्डितले सभापति बन्ने दौडमा रहनु स्वभाबिक मानिएको छ । पण्डित २०४८ सालमा नेबिसघंको ईकाइ सचिव भएका थिए । त्यसै गरी २०५१ सालमा डोटी क्याम्पस नेविसंघको इकाई सचिवबाट राजनीतिमा अघि बढाएका पण्डितले जिल्लाको निर्वाचित पार्टी सचिव समेत भईसकेका छन ।
२०५३ सालमा पार्टी अभिलेख शाखा उप प्रमुख, २०५५ सालमा नेबिसघंको जिल्ला अध्यक्ष, २०५९ सालमा प्रजातान्त्रीक काग्रेस जिल्ला सचिव, २०६३ सालमा पार्टी एकीकरण पछि पाटि प्रबक्ता, २०६७ को जिल्ला अधिबेशनबाट जिल्ला कार्य समितिमा निर्वाचित सचिव समेत भएका पण्डितले पार्टी संगठनको बारेमा राम्रो अनुभव बटुलेका छन । उनले युवा शक्तिलाई कांग्रेसमा आकर्षित गराउन र पार्टीको संगठन चुस्त राख्नका लागि जिल्लाको सभापतिमा उम्मेदवारी दिने बताए ।
जिल्ला भित्र देखिएको गुटगत राजनीतिलाई हटाएर काँग्रेसलाई सुदृढीकरण गर्दै बलियो बनाउने उद्देश्य सहित जिल्ला सभापतीमा आकाङ्क्षी रहेको धनराज पण्डितले बताएका छन । आगामि तीन ओटै तहको निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन नेतृत्वमा आउन चाहेको उनले बताए ।
पार्टी सिद्धान्तलाई आत्मसाथ गर्दै कुशल अभिभावकत्व प्रदान गर्न सक्ने व्यक्ति सभापतिका रुपमा चयन हुनुपर्ने एक उदारणका पात्र पण्डित रहेका छन । आफ्नो जिवन नेपाली काग्रेसलाई सुम्पेका पण्डित पार्टी संगठन चलायमान बनाउने एक कुशल नेताका रुपमा चिनिने गरेका छन । उनले राजनितीक यात्रा सुरु गरे सँगै जिल्लामा हुने हरेक आन्दोलन देखी जिल्लाका कुनै पनी कार्यक्रमहरुमा उनको बलियो उपस्थित रहदै आएको छ । उनले आफु लागेका हरेक संगठनहरुलाई बलियो बनाउदै पार्टी संगठनमा पनी कुशल नेतृत्वका रुपमा परिचीत रहेका छन ।
पण्डितले काँग्रेसको अधिबेशनमा निर्बाचनमा जानुपर्ने स्थिती श्रृजना भए पार्टी सभापतीमा लड्ने र यदि सहमती हुने भए महाअधिबेशन प्रतिनिधीमा जाने बडिमालिका खबर सँग बताएका छन् । २०४८ सालदेखी पार्टीको सकृय कार्यक्रता तथा कुशल नेतृत्वका रुपमा परिचित पण्डित अनुशासीत र मिजाशिलो स्वभावका रहेका छन । पण्डित कसैलाई अपसब्द नबोलेरै नेतृत्व लिन सक्ने स्वभावका एक उदाहरणीय ब्यक्तित्वका रुपमा चिनीन्छन ।
२०५१ सालमा नेविसंघको डोटी क्याम्पस इकाई सचिव हुँदै पार्टी राजनीतिमा होमिएका पण्डित जिल्लाको सभापतिका लागि अघिल्लो पुस्ताका नेताहरुको समेत सहयोग सहित चासो रहेको देखीन्छ । गरिव परिवारमा हुर्केका पण्डित जिल्लामा लामो समय देखी राजनिती भन्दा बाहेक अन्य कुनैमा संलग्नता देखीएको छैन । उनलले आफ्नो बाल्यकाल देखी राजनीतीमै जिवन बिताएका छन ।
राजनिती गर्ने उनको रुची नै जीवनसंग संघर्ष बनेको देखीन्छ । उनले आफु जुनसुकै पदमा धेरै करकाव नगर्ने तर पाटीले योग्य ठानेर अवसर दियो भने पछाडी नहट्ने बताएका छन । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकी रहेका वेला बाजुरामा प्रचार प्रसार पनी सुरु हुन थालेको छ । नेता तथा कार्यक्रताहरु निकै दौडधुप गरेर प्रचार पनी गरिरहेका छन् । महाधिवेशनको मिति नजिकिंदै गर्दा काँग्रेसमा नेतृत्वको बहसले प्राथमिकता पाएको देखीन्छ ।
श्रावण १२ गते गाँउ अधिवेशन हुदै १६ गते नगर तथा गाँउपालिका अधिवेशन, श्रावण २० गते प्रदेश (क) र प्रदेश (ख) अनी त्यस पछि मात्र श्रावण २२ गते जिल्ला अधिवेशन हुने समयतालिका अनुसार जिल्लामा नेपाली काँग्रेसका कार्यक्रमहरु अगाडी बढेका छन । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन पछि भाद्र १६ देखी १९ गते सम्म केन्द्रीय अधिवेशन गर्ने तयारीमा नेपाली काग्रेस जुटीरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार