बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

  • मङ्लबार, असार २९, २०७८
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

नरदिप ओड/बाजुरा — आई.एन.एफ नेपाल बाजुरा द्धारा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षता सन्चालन भएको थियो ।
आई.एन.एफ नेपाल आर्थिक बर्ष. २०७७।०७८ मा गरेका कृयाकलापहरुको उपलब्धी बारे बाजुरा शाखाका परियोजना संयोजक  जुवारीलाल कार्कीलेले प्रस्तुत गरेका थिए। कार्यक्रममा बार्षिक आय व्यय प्रस्तुत गरिएको थियो । यस बर्षमा कृषि क्षेत्र, जिविकोपार्जन, आयआर्जन, प्रकोप न्युनिकरण र स्वास्थ्य क्षेत्रमा काम गरेको उपलब्धी मुलक रहेको सहभागीहरुले वताएका थिए ।

कार्यक्रममा बडीमालिका नगरपालिकाका उप प्रमुख कविता विष्ट, ब.न.पा का निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल वि.क, जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश राज जोशी जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापति, भेटेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशी लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि तथा पत्रकारको सहभागिता रहेको थियो ।
यस आर्थिक बर्षमा ३ करोड ५१ लाख थियो र खर्च रु ३ करोड २२ लाख ३८ हजार भएको संस्थाले जनाएको छ । कार्यक्रमको संचालन आई.एन.एफ नेपाल बाजुराका कार्यक्रम अधिकृत खेमराज मिश्रले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार