शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चको फैसला प्रति युवा सघ बाजुराद्धारा सडक प्रदर्शन

सर्वोच्चको फैसला प्रति युवा सघ बाजुराद्धारा सडक प्रदर्शन

  • सोमवार, असार २८, २०७८
सर्वोच्चको फैसला प्रति युवा सघ बाजुराद्धारा सडक प्रदर्शन

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी ओलीको पक्षमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुले सडक प्रर्दशन गरेको छ ।  नेकपा एमाले ओली समुह निकट युवा सघं नेपाल र अनेरास्वबियु बाजुराले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको बिरोध गरेको हाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेका भन्दै युवा सघले बिरोध गरेको जनाएकाे छ ।  संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको कुरा अमान्य भएको भन्दै युवा संघ नेपाल र अनेरास्वबियु बाजुराले मार्तडी बजार परिक्रमा गर्दै बिरोध जनाएकाे अनेरास्वबियुले जनाएकाे छ।

वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा पनि युवाहरुले सडक प्रर्दशन गरेको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् । विपक्षी गठवन्धनको विरुद्धमा सडकमा उत्रेको युवा संघले मार्तडीको लोकतान्त्रिक चोकमा कोण सभा समेत आयोजना गरेको रोकायाले बताएका छन् । सडक प्रर्दशनमा युवा संघ र अनेरास्वबियुमा आवद्ध  युवा बिद्यार्थिहरूकाे सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार