मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • वर्षाले २० वटा पुल क्षतिग्रत

वर्षाले २० वटा पुल क्षतिग्रत

  • शुक्रबार, असार २५, २०७८
वर्षाले २० वटा पुल क्षतिग्रत

काठमाडौं — गत साता आएको औसत बाढीले उद्घाटनको तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासियो ।

पुलका १२ वटा स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।

सो पुलको एउटा स्पान नदीमा झरेको छ भने अर्को ढल्किएको छ । असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पाँचवटा पुल बगायो ।

यस वर्षको वर्षायाम सुरु भएयता मनाङमा तीनवटाका साथै गोरखाको बारपाक अजिरकोट जोड्ने पुल भत्काएको छ । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार