बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राजनीति
  • कार्यदलको बैठकअघि पौडेल, रावल र पोखरेलबीच छलफल

कार्यदलको बैठकअघि पौडेल, रावल र पोखरेलबीच छलफल

  • बिहिबार, असार २४, २०७८
कार्यदलको बैठकअघि पौडेल, रावल र पोखरेलबीच छलफल

एमाले कार्यदलको बैठकअघि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल र माधव पक्षका कार्यदल संयोजक भीम रावलबीच २ घण्टा छलफल भएको हो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएको स्रोतले जनाएको छ ।

कार्यदलले पार्टी विवाद समाधान गर्ने मस्यौदा तयार गरिरहेको बुझिएको छ । यद्यपी उक्त मस्यौदामा केही विषयमा नेताहरुबीच साझा भाषा खोज्ने क्रम जारी रहेपनि त्यस्तो उपयुक्त भाषा भेटिइनसकेको नेताहरुले बताएका छन् । हिजोको कार्यदल बैठकपछि आज बस्ने बैठकले सहमतिको विन्दु पहिल्याउने नेताहरुले बताएका थिए ।

सोही अनुसार आज कार्यदलको बैठक बस्दैछ । कार्यदल सदस्यहरुको पहलमा बुधबार बेलुका अध्यक्ष ओली र नेता नेपालबीच भएको छलफल विना निष्कर्ष सकिएको थियो । दुई नेताबीच कुरा सकारात्मक नभएपनि कार्यदल सदस्यहरुले भने विवाद समाधान गरेरै छोड्ने दावी गरेका छन् ।

ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले नेताहरुबीचको संवाद सकारात्मक भएको भन्दै आज बस्ने कार्यदल बैठकले विवादको टुंगो लगाउन सक्ने विश्वास व्यक्त गरे ।

चर्चामा

सम्बन्धित समाचार