बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • २० महिनादेखी कारागार बाजुरामा रहेका नेकपा बिप्लव समुहका नेता तथा कार्यक्रता रिहा

२० महिनादेखी कारागार बाजुरामा रहेका नेकपा बिप्लव समुहका नेता तथा कार्यक्रता रिहा

  • बुधबार, असार २३, २०७८
२० महिनादेखी कारागार बाजुरामा रहेका नेकपा बिप्लव समुहका नेता तथा कार्यक्रता रिहा

बाजुरा — नेपाल कम्निुष्ट पार्टी बिप्लव समुहका १६ जना कार्यकर्ता रिहा भएका छन । २० महिना अगाडी जिल्लाको गौमुल गाउँपालिकाबाट गिरप्तार भएका नेकपाका नेता तथा कार्यकर्ताहरु मंगलबार जिल्ला अदालतको आदेश पछि रिहा भएका हुन ।
मंगलबार रिहा भएका १६ जना मध्य दुई जना भने पुन गिरप्तार गरी अछाम पुर्याएको नेकपा जिल्ला कमिटी सचिव भुपेन्द्र बिकले बताएका छन । रिहा भएका मध्य ११ जना पुरुष जिल्ला कारागार बाजुराबाट र ५ जना महिला जिल्ला कारागार अछामबाट रिहा भएको जिल्ला कमिटी सचिव बिकले बताएका छन । सर्बच्व अदालतको आदेश पछि जिल्ला अदालत बाजुरा र अछामले पुरपक्षमा राखी अनुसन्धन गर्ने गरि उनिहरुलाई रिहा गरेको जनाएको छ ।
केही महिना अगाडी नेकपाका बिप्लव समुहका नेता तथा कार्यकर्तामाथी लगाएको अभियोगहरु फेर्ता लिने र बन्दीहरुलाई रिहा गर्ने भन्ने सरकार संगको बार्तापछि देशका बिभिन्न कारागारमा रहेको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई रिहा गरिएको जनाएको छ । सरकार र बिप्लव बिच भएको पर्तिबन्द खारेज कार्यकर्ताहरुलाई लगाएको आरोपहरु लगायतका केही बुदामा भएको सहमती पछि उनिहरुलाई रिहा गरिएको नेकपा बिप्लव समुका केन्द्रीय सदस्य चुणमणी ओलीले बताएका छन ।
जिल्ला अदालत बाजुराबाट केन्द्रीय सदस्य चुणामणी ओली, जिल्ला कमिटि सदस्य डम्मर बहादुर सुनार लगायतका नेता तथा कार्यकर्ताहरु रिहा भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार