शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेश बाजुराको क्रियाशिल सदस्यतामा विवाद

नेपाली काँग्रेश बाजुराको क्रियाशिल सदस्यतामा विवाद

आफ्नो टिमका क्रियाशिल बढाउन दुुबै टिम काठमाण्डौमा

  • बुधबार, असार २३, २०७८
नेपाली काँग्रेश बाजुराको क्रियाशिल सदस्यतामा विवाद

बाजुरा —  नेपाली कांग्रेस बाजुरामा क्रियाशिल सदस्यता विवाद चर्कीदै गएको छ । क्रियाशिल सदस्यताका बिषयमा बिवाद चर्किदै गए पछि दुईटै टिमका नेताहरु काठमाण्डौ गएर आ आफ्नै टिमका बिषयको होडबाजीमा लागिरहेका छन ।
त्रिवेणीका नगरपालिकाका मेयर रामसिंह रावलले कोईराला प्यानलबाट आफू सभापतिका उम्मेदवार बताउदै आएका र त्रिवेणिमा एकलौटी रुपमा क्रियाशिल बाँडे पछि विवाद सुरु भएको नेपाली काग्रेशको एक श्रोतले जनाएको छ, यो भन्दा पहिला एक लौटी सदस्यता बाडेको भन्दै नेपाली काँग्रेश देउवा प्यानलका एक नेताले पार्टीको झण्डा र बिधान समेत जलाएका थिए ।
साथै फोरम लगाएत अन्य पाटिवाट आएका त्रिवेणिका १ सय ८७ क्रियाशिल सदस्यलाई काट्नको लागि नेपाली कांग्रेस बाजुराबाट केन्द्रिय स्थतरमा नेतृत्व गर्ने केही नेताहरुल कोईराला टिमका नेता रामचन्द्र पौडेल, शसांक कोईराला , शेखर कोईराला लगाएतलाई भेटेर त्रिवेणीका १ सय ८७ क्रियाशिल सदस्यता काट्नुु पर्छ भन्दै लागेको नाम नखुलाउने सर्तमा एक नेताले बताए ।
बाजुराबाट राजनिति गर्ने नेतालले नै पार्टीका कार्यकर्ताको सदस्यता हटाउनु पर्छ भन्दै लाग्नु नेपाली कांग्रेस पार्टीलाई कमजोर पार्न खोज्ने काम भएको उनले बताए । पार्टीको हितका लागि रातदिन रगत पसिना बगाएका कार्यकर्तालाई क्रियाशिल नदिनु भनेको कांग्रेसले नपत्याउनु हो ।
केन्द्रिय समितिवाट पास भएर जिल्लामा पठाएका र क्रियाशिल फम भरेर वडा कार्य समिति, नगर कार्य समिति र जिल्लाको निणर्य र सिफारिस भएर सबै प्रकृया पुगेकाहरुको क्रियाशिल काटिनु भनेको कांग्रेस कमजोर बनाउनु हो । बाजुरा त्रिवेणीका एक कांग्रेस नेताका अनुसार १ सय ८७ क्रियासिल काटिए कम्तिमा ५ हजार भोट कांग्रेसलाई घाटा हुने बताएका छन । यसरी ५ हजार भोट कम भए बाजुरा आउने निर्बाचनमा हार बेहोरे ती नेताले जिम्मा लिनु पर्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार