शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अबैध रुपमा विश्वविधालय क्वाटर कब्जागरी बस्छन् प्रेम चलाउनेहरु

अबैध रुपमा विश्वविधालय क्वाटर कब्जागरी बस्छन् प्रेम चलाउनेहरु

  • मङ्लबार, असार १५, २०७८
अबैध रुपमा विश्वविधालय क्वाटर कब्जागरी बस्छन् प्रेम चलाउनेहरु

नेवि संघ त्रिभुवन विश्वविधालय समितिले सत्ताको आडमा अबैध ढंगले प्राध्यापक क्वाटर कब्जा गरि बसेका प्राध्यापक प्रेम बहादुर चलाउने लगाएतलाई तत्काल हटाउन माग राखी बिगत ५ महिना देखि प्रिन्सिपल कार्यालयमा लगाएको ताला आज खुलेको छ|

त्रिभुवन बिश्वविधालयका प्रिन्सिपल प्रा.डा.ध्यानेन्द्र राई र नेवि संघ त्रिभुवन विश्वविधालय समितिका सचीव योगेन्द्र रावल बीच अबैध ढंगले क्वाटर कब्जा गरि बस्ने प्राध्यापकलाई तत्काल हटाउने सहमति भएपछी प्रिन्सिपल राईले बिज्ञप्ति जारी गरि तत्काल प्राध्यापक क्वाटर छोड्न निर्देशन दिएका छन् |

No description available.

सचीव रावलले भने बिश्वविधालयका प्राध्यापकहरुको आफ्नै प्राध्यापकिय मर्यादा हुन्छ| प्राध्यापक शब्दको व्युत्पति गर्ने हो भने ‘प्रकर्षेण अध्यापयति इति प्राध्यापकः’ भन्ने अर्थ देखिन्छ। त्यसको तात्पर्य के हुन्छ भने प्राध्यापकले उत्कृष्ट तरिकाले विध्या अभ्यास गराउँछन्। यहाँ उत्कृष्टको धेरै गहिरो तात्पर्य हुन्छ – यथार्थ ज्ञानलाई यथार्थताको सकेसम्म निकट रही अध्यापन गर्नु। त्यसैले प्राध्यापकमा शुद्ध शैक्षिक प्रमाणपत्रको अलावा विद्यामा पारंगत हुनु, शोध अध्ययन गर्नु गराउनु जस्ता धेरै गुणकासाथै नैतिक मूल्य, इमान्दारिता, शिक्षापरक व्यक्तित्व इत्यादि तमाम पक्षहरुको पनि अति नै आवश्यकता हुन्छ। त्यसैले भन्न सकिन्छ कि – प्राध्यापक एक निष्ठावन् ब्यक्ति हो जसले विश्वविद्यालयको विभिन्न निकायामा विभिन्न पदहरु धारण गर्दै आफ्नो उपाधि अनुसार विश्वविद्यालयमा शिक्षण गर्ने गर्दछ। त्यसो हुनाले ऊ एक प्राज्ञिक ब्यक्ति हो जसलाई सारा संसारले विश्वास गर्दछ। प्राध्यापक एक मर्यादित पद पनि हो जसले समाजको परिवर्तनमा अग्रिम भूमिको खेलेको हुन्छ।

प्राध्यापकको अर्को मुख्य काम अनुसन्धान गर्ने, अनुसन्धान गराउने र आविष्कारहरू गर्ने हो भनेर बुझ्ने व्यक्तिहरूहाम्रो देशमा धेरैनै कम छन्। प्राध्यापकको सुपरिवेक्षण विना न त स्नातोकत्तरको शोधपत्र, न त विध्यावारिधिको शोधपत्र विद्यार्थीहरुले तयार पार्न सक्छन्। प्राध्यापकको काम शिक्षण मात्रै गर्ने हो भन्ने बुझाई भएकाले पनि हुन सक्छ कि त्रि. वि. का धेरै जसो क्याम्पसहरुमा प्राध्यापकहरू एकैपटक जम्मा भएको खण्डमा बस्ने कुर्सीहरु पुग्दैनन्। यिनै कुरा अन्य मुलुकका विश्वविद्यालयमा धेरै नै फरक हुन्छन्।

तर त्रिभुवन विश्वविधालयका प्राध्यापकहरु भने आफ्नो विवेकलाई बन्धकी राखेर कहिले विद्यार्थीले राखेका शैक्षिक मागहरुमाथी प्रहरीद्वारा लाठी बर्साउन लगाउछन त कहिले आफै बिश्वविधालको सम्पत्ति कब्जा गर्ने गर्छन् | आफ्नो गरिमा राख्न नसक्ने तर अरु माथी निरन्तर अनाधार रुपमा लठ्ठी बर्साउन आफै हिड्ने प्राध्याक हुन् प्रेम बहादुर चलाउने| उनी बिश्वविधालयको १५ नम्बर क्वाटरमा अबैध ढंगले राज्य सत्ताको दोहन गरि निरन्तर बस्दै आएका छन् | सबैलाई नैतिकताको पाठ सिकाउदै हुड्ने तिनै प्रेम चलाउनेहरुलाई स्वयं बिश्वविधालयको प्रिन्सिपलले तत्काल हट्न भनी निर्देशन दिदा पालना गर्नु पर्दैन र??

नेवि संघ र त्रिभुवन बिश्वविधालय बिच भएको सम्झौतामा एक हप्ता भित्र कार्यदल बनाई सबैलाई नीति नियमको दायरामा ल्याउने समेत सहमति भएको नेवि संघ त्रिभुवन बिश्वविधालय समितिका उपाध्यक्ष सहदेव तिमिल्सिनाले जानकारी दिए|

चर्चामा

सम्बन्धित समाचार