शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • खुलेन साँफे मार्तडी सडक दैनिक उपभोग्य सामानको मुल्य आकासियो

खुलेन साँफे मार्तडी सडक दैनिक उपभोग्य सामानको मुल्य आकासियो

  • सोमवार, असार १४, २०७८
खुलेन साँफे मार्तडी सडक दैनिक उपभोग्य सामानको मुल्य आकासियो

बाजुरा–अबरोध भएको दुुइसाता सम्म पनि साँफे मार्तडी सञ्चालनमा आउन सकेको छैन् । झरि कम भएको एकसाता भएपनि सडक खुल्न सकेको छैन् । सडक सञ्चालनमा नआउदा दैनिक उपभोग्य सामान मुल्यमा बृद्धि भएको छ ।
जेठ २८ गते बाट सडक अबरोध भएको हो । सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । जिल्ला अस्पताल बाजुरा बाट जिल्ला बाहिर रिफर गरेका बिरामीलाई उपचारमा लैजान समेत समस्या भएको छ । सडक सञ्चालन नहुदा सदरमुकाम मार्तडी उत्तरी क्षेत्रका स्थानिय तह हुम्ला मुुगुुका बासिन्दालाई समस्या भएको छ ।
पहिराले बुढिगंगा नगरपालिकाको बार्जुगाड ताप्रिसेरा बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएको थियो । अन्य ठाँउमा सडक खोलेर सञ्चालन आएपनि अम्कोट भागमा भने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले वताएका छन् । डोजरले लगातार काम गरिरहेको छ, एकदुुई सडक सञ्चालन आउने अधिकारीले वताए ।
बर्षातले बाजुराका अन्य ग्रामिण सडक पनि अबरोध भएका छन् । तिन बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ५ महिना सडक अबरुद्ध भएको थियो । बाजुराका खण्डको बार्जुगाड, ताप्रिसेरा बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ । बल्धेमा त नयाँ ठाँउ बाट सडक लिनु भन्दा अर्को बिकल्प नभएको साँफेबगर डिभिजन कार्यलय बाजुराले जनाएको छ ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष बैकल्पि बाटो नखोले बर्षातमा पुणर् रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पि बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार