शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • चैनपुरकाे शान्तिमार्ग रोडका स्थानियबासीको कथा,कहिले सम्म सेतीको धमिलो पानी पिउँनु ?

चैनपुरकाे शान्तिमार्ग रोडका स्थानियबासीको कथा,कहिले सम्म सेतीको धमिलो पानी पिउँनु ?

  • मङ्लबार, असार ८, २०७८
चैनपुरकाे शान्तिमार्ग रोडका स्थानियबासीको कथा,कहिले सम्म सेतीको धमिलो पानी पिउँनु  ?

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङ्ग सदरमुकाम चैन्पुर शान्तिमार्ग रोडमा खानेपानीको चरम अभाव भएको छ। एक रोडमा पानी दिने अर्को रोडमा पानी नदिदा शान्तिमार्ग रोडका स्थानियबासीहरु चिन्तित बनेका छन्। लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् ।

बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने, बजार नजिकै रहेका सेती खोलाको त्यो धमिलो पानी पिउन बाध्य भएका छन् । जयपुथ्वी नगरपालिका–१० चैन्पुरको शान्तिमार्ग रोड बस्दै आएका पारस शाहीले पानीको अभावकै कारण कपडा धुन नपाउँदा आफूलाई समस्या भएको बताए।

यस्तै स्थानियबासी सुमन सिँहले आफूलाई बिहाना- साँझ पानी चाहिएपछि आफू सेतीमा गएर यो धमिलो पानी पिएको बताएका छन्। यस्तै अर्का स्थानीयबासी झलक ओखेडाले,खानेपानीको धारामा पानी नआएको तर पानीको पैसा तिर्दाखेरी पानी नखाएरै पुरै पैसा तिरेको बताएका छन्।

अर्का स्थानीयवासी सुबास खड्काका अनुसार पल्लो रोडमा सधैँ साँझ-बिहाना २ घन्टा धारामा नियमित पानी आउँने। तर यो शान्तिमार्ग रोडमा खानेपानीको सङ्कट परेको बताए । उनले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गरे । सधैँ अरुको घरमा पानी भर्न जाँदा, कति खेर गाली गर्लान कि भनेर डराई-डराई पानी ओसार्नुपरेको होटल व्यवसायी शाहीको गुनासो रहेको छ ।

बिहान र बेलुकाको दैनिकी भनेकै पानीको भिक्षा माग्दै हिँड्नुजस्तै भएको भन्दै स्थानीयवासीले नगरपालिकालाई आक्रोश पोखेका छन् । यस बिषयमा नगरका प्रमुख तथा उप-प्रमुखले पनि कुनै चाँसो नदेखाएको शान्तिमार्ग रोडका स्थानियबाँसीहरुको भनाइ रहेको छ।

चर्चामा

सम्बन्धित समाचार