बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बडिमालिका मिडिया हाउस र NHEDF पहलमा बाजुरा जिल्लामा २० वटा अक्सिजन कन्सन्टेटर सहयोग

बडिमालिका मिडिया हाउस र NHEDF पहलमा बाजुरा जिल्लामा २० वटा अक्सिजन कन्सन्टेटर सहयोग

  • सोमवार, असार ७, २०७८
बडिमालिका मिडिया हाउस र NHEDF पहलमा बाजुरा जिल्लामा २० वटा अक्सिजन कन्सन्टेटर सहयोग

बाजुरा–बाजुरा जिल्लामा २० वटा अक्सिजन कन्सन्टेटर सहयोग गरिएको छ । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका र बडिमालिका मिडिया हाउसको समन्वयमा स्वास्थ्य कार्यलय बाजुरालाई २० वटा कन्सन्टेटर सहयोग गरेको हो ।
१० वटा कन्सन्टेटर ५ लिटर र १० वटा कन्सन्टेटर १० लिटर गरि २० वटा सहयोग गरेको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका सम्राट सिं बस्नेतले वताएका छन् । २० वटा अक्सिजन कन्सन्टेटर हाम्रो पहल तथा समन्वयमा Community Partners International र Bhrikuti Devi Trust BDT ले सहयोग गरेको बस्नेतले वताएका छन् । संस्थाहरुलाई निरन्तर पहल पछि बाजुराका लागि २० वटा सहयोग गरेको बस्नेतले वताए । बाजुरामा बडिमालिका मिडिया हाउसका प्रकाशक प्रकाश सिंहले प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी मार्फत स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तलाइ हस्तान्तरण गरिएको छ ।
बाजुरामा २० वटा अक्सिजन कन्सन्टेटर ठुलो मात्रामा पहिलो पटक आएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । ९ वटा स्थानिय तहका अस्थायि कोभिड अस्पतालमा आबश्यकता अनुसार पठाउने कार्यलय प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । पहिलो चरणमा खप्तड छेडेदह गाँउपालिकामा २, त्रिबेणी नगरपालिकामा २, गौमुलमा २, स्वामीकार्तिक गाँउपालिकामा २ र बुढिनन्दा नगरपालिकामा २ वटा अक्सिजन कन्सन्टेटर पठाउने स्वास्थ्य कार्यलय प्रमुख पन्तले वताएका छन् ।
बर्षातको समयमा अक्सिजन भरेर धनगढी बाट ल्याउन निकै समस्या हुने गरेको थियो, अक्सिजन कन्सन्टेटर ठुलो परिणाममा जिल्ला आउदा ठुलो सहयोग भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । बाजुरा ९ वटै स्थानिय तहमा बर्षातले सडक अबरोध भइसकेको छ । नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका र बडिमालिका मिडिया हाउसको यो भन्दा पहिला पनि बाजुराका कोभिड अस्पतालका लागि ६ वटा अक्सिजन कन्सन्टेटर सहयोग गरेको थियो ।
नागरिक समाजले कोभिडको चरम कहरका बेला बाजुरा जिल्लाका लागि २५ वटा ५२ केजीका ठुलो अक्सिजन सहित सिलिन्डर सहयोग गरेको थियो । कोभिडका बिरामी घटदै गएपनि दुुर्गम ठाँउका लागि अक्सिजन कन्सन्टेटरले ठुलो सहयोग भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । बाजुरामा अक्सिजन भर्नका लागि धनगढी जानु पर्ने बाध्यता रहदै आएको छ । बर्षात सँगै सडक अबरोध हुने समस्या शुरु देखिपछि बाजुरामा खाद्य संकट हुने अबस्था रहेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले यो संकटको बेला सहयोग गर्ने सहयोगिलाइ धन्यवाद दिएका छन् । संकटको बेला सहयोग गर्ने राज्यको दाहित्व सँगै नागरिकको पनि रहेको अधिकारीले वताए ।

चर्चामा

सम्बन्धित समाचार