शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • पहिरोमा परि स्वामिकार्तिकका ३ परिवार बिस्तापित, २ सय परिवार जोखीममा

पहिरोमा परि स्वामिकार्तिकका ३ परिवार बिस्तापित, २ सय परिवार जोखीममा

  • शुक्रबार, असार ४, २०७८
पहिरोमा परि स्वामिकार्तिकका ३ परिवार बिस्तापित, २ सय परिवार जोखीममा

बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटको मुणलोटाउना टोलका ३ परिवार घर नजिकै आएको पहिरोका कारण बिस्तापीत बनेका छन । घर नजिकै पहिरो गएपछि ३ दलित परिवार बिस्तापित भएका हुन ।
स्थानीय दत्या ल्वार भिमे बिक लगायतका ३ परिवार घर छोडोर नजिकैको सुर्यदय प्राथमिक बिद्यालयमा बस्दै आएको स्थानीय कबिजङ्ग शाहीले जानकारी दिएका छन । त्यसै गरी सोही गाउँका २ भन्दा बढि परिवारहरु जोखीमा रहेको स्थानीय शाहीले बडिमालिका खवरलाई जानकारी दिएका छन ।
शनिबार देखी परेको अबिरल बर्षासंगै गाउँको माथिबाट पहिरो बग्न थालेपछी गाउँ नै त्रसित बनेको स्थानीय भिमे बिकलेले बताए । हामी ३ परिवार पहिरोका मुखैममा परेर बिस्तापीत बन्यौ र यो पहिरो बढ्दै गएमा गाउँ नै बिस्तापित हुने भएको छ बिकले बताए ।

चर्चामा

सम्बन्धित समाचार