मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा शुन्यमा झर्यो सक्रमितको सख्या

बाजुरामा पछिल्लो २४ घण्टामा शुन्यमा झर्यो सक्रमितको सख्या

  • मङ्लबार, असार १, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा शुन्यमा झर्यो सक्रमितको सख्या

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको शख्यामा शुन्यमा झरेको छ । बाजुरामा संक्रमितको सख्या ७ सय ९१ पुगेको भए पनि ५ सय २ जना निको भइसकेका छन । आज २४ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण नदेखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आज बाजुरामा आज निको भएर घर फर्किएको सख्या पनि शुन्य रहेको छ । जिल्लामा पछिल्लो दुई हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म्म २ सय ७९ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या ३ रहेको छ ।
हाल सम्म २ हजार ४ सय ४१ जनाको कोरोना परिक्षण गर्दा ७ सय ९१ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार