शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बझाङकी आशा बिक बनिन् मन्त्रि

बझाङकी आशा बिक बनिन् मन्त्रि

  • बिहिबार, जेष्ठ २७, २०७८
बझाङकी आशा बिक बनिन् मन्त्रि

बाजुरा–बझाङ घर भएकि सांसद आशा बिक संघिय मन्त्रि बनेकी छन् । विक वन तथा वाताबरण राज्य मन्त्रि बनेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १ पिमीकी ३९ (२०३८) वर्षीया बिक विघटित प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन् ।
सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङमा महिला सशक्तिकरण, जातीय छुवाछुट विरुद्धको अभियानमा निकै सक्रिय उनी २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी प्रतिनिधि सदस्य सदस्य बनेकी हुन् ।
सामाजिक क्षेत्रमा निकै क्रियाशिल उनी २०६९ मा नेकपा एमाले बझाङको जिल्ला कमिटी सदस्य भएकी थिइन् । त्यस्तै उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, नेपाल उत्पीडित जातीय मुक्ति समाजको सुदू्रपश्चिम सदस्य तथा जिल्ला इन्चार्ज रहेकी छिन् ।
हालसम्म सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बन्नेहरुको नामावली लामै छ । त्यसमा प्रधानमन्त्री र मन्त्री बन्नेमा अधिकांश पुरुष छन् । तर मन्त्री बन्ने महिलाहरुको नाम दियो बालेर खोज्नुपर्ने अवस्था छ ।
सुदूरपश्चिम प्रदेशबाट पहिलो महिला मन्त्री हुने महिला नै द्वारिकादेवी ठकुरानी हुन् । १९७४ मा डोटीको सिलगढीमा जन्मेकी उनी नेपाली कांग्रेसबाट २०१५ को आम निर्वाचनमा विजय भएपछि २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार