बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिए, संक्रमितको सख्या ७१३ पुग्यो

पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिए, संक्रमितको सख्या ७१३ पुग्यो

  • बुधबार, जेष्ठ २६, २०७८
पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिए, संक्रमितको सख्या ७१३ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १८ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय १३ पुगेको छ । आज १३६ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आज बाजुरामा निको भएर घर फर्किएको सख्या शुन्य रहेको छ । बाजुरामा निको हुनेको सख्या ४ सय ३२ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेको भए पनि आज शुन्यमा झरेको छ । हाल सम्म्म २ सय ७२ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १० रहेका छन ।
हाल सम्म १ हजार ९ सय ७७ जनाको कोरोना परिक्षण गर्दा ७ सय १३ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १२ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार