शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री सुरक्षित, कांग्रेसले विश्वासको मत दिने

सुदूरपश्चिमका मुख्यमन्त्री सुरक्षित, कांग्रेसले विश्वासको मत दिने

  • मङ्लबार, जेष्ठ २५, २०७८
सुदूरपश्चिमका मुख्यमन्त्री सुरक्षित, कांग्रेसले विश्वासको मत दिने

धनगढी–नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिमले मुख्यमन्त्री भट्टको पक्षमा मत दिने निर्णय गरेको छ। आजै विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री आफ्नो पक्षमा मत जाहेर गर्न अनुरोधका लागि कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए।

मंगलबार १० बजेबाट बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यतालिका रहेको छ। मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार नेकपा माओवादी र नेकपा एमालेको संयुक्त गठबन्धनको सरकार हो। तर नेकपा एमालेभित्रको ओली समूह प्रदेश सरकारको विरोधमा रहेको छ। नेकपा एमाले माधव समूहको समर्थन रहेकाले मुख्यमन्त्री भट्टले विस्वासको मत पाउने देखिएको छ। हाल प्रदेश सभामा सभामुखबाहेक २४ जना सदस्य रहेको एमालेमा माधव पक्षमा १५ जना रहेका छन्। ओली पक्षमा ६ जना छन्। बाँकी तीन जना अहिले तटस्थ बसेका छन्।

यस्तै माओवादीका झपट बोहरा कारवाहीमा परेपछि नेकपा माओवादीसँग १३ जना सदस्य रहेका छन्। नेपाली कांग्रेसका १२ जना सदस्यले मुख्यमन्त्री भट्टलाई मत दिनेछन्। २ जना सदस्य रहेको जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। तसर्थ मुख्यमन्त्री भट्टको पक्षमा बुहमत देखिएको छ।
५२ जना प्रदेश सभा सदस्य रहेको प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ। आफ्नो पक्षमा जम्मा ४० मत पाएको खण्डमा मुख्यमन्त्री भट्टको पद जोगिने देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार