बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदुपश्चिम मुख्यमन्त्रीकाे पक्षमा केपी पक्षका ७ जनाले हस्ताक्षर गरेनन्

सुदुपश्चिम मुख्यमन्त्रीकाे पक्षमा केपी पक्षका ७ जनाले हस्ताक्षर गरेनन्

  • मङ्लबार, जेष्ठ २५, २०७८
सुदुपश्चिम मुख्यमन्त्रीकाे पक्षमा केपी पक्षका ७ जनाले हस्ताक्षर गरेनन्

माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुको बहुमत रहेको संसदिय दलको  बैठकमा केपी ओली पक्षीय सात जनाले निर्णयप्रति असहमति  जनाउँदै हस्ताक्षर गरेनन् ।

नेकपा एमाले सुदुश्चिम प्रदेश सभा संसदिय दलको बैठक मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत दिने निर्णय गरेको छ । माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुको बहुमत रहेको संसदिय दलको बैठकमा केपी ओली पक्षीय सात जनाले निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर गरेनन् ।

केपी पक्षीय प्रदेश सभा सदस्य पठान सिंह बोहराले बैठकमा पार्टीको निर्णय बिपरित मुख्यमन्त्रीलाई बिश्वासको मत दिने निर्णयमा असहमत जनाउन उपस्थितिमा पनि हस्ताक्षर नगरेको बताए । एमाले संसदिय दलको बैठकको उपस्थितिमा हस्ताक्षर नगर्नेमा बोहरा, लिलाधर भट्ट, गेल्बु लामा, रतन थापा, नेपालु चौधरी, बलदेव रेग्मी र माया तामाङ बोहरा रहेका छन् । धनगढी पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार