
बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३५ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ६ सय ५१ पुगेको छ । आज ६१ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । आज एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
आज बाजुरामा १२ जना निको भएर घर फर्किएका छन । बाजुरामा निको हुनेको सख्या ३ सय ८४ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बढेको तथ्याङक रहेको छ । हाल सम्म्म २ सय ५९ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या ८ रहेको छ ।
हाल सम्म १ हजार ५ सय ९५ जनाको कोरोना परिक्षण गर्दा ६ सय ५१ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ८ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या ११ पुगेको छ ।


