
अर्थ जङ्ग शाही/ बझाङ्ग — सदरमुकाम चैन्पुरमा बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । दिनभरी बत्ती आईराख्ने भएपनि, साँझ जब अध्यारो भयो झ्याप्प-झ्याप्प बत्ती जाने भएकाले चैन्पुर बासी अध्यारोमा बस्न बाध्य भएका छन्।
दिउँसो टन्टलापुर घाम लाग्दा र सिमसिमे पानी पर्दा पनि बत्ती गईराख्ने हुदाँ चैन्पुरबासी ले सहज र राम्रो ढङ्गले बत्तीका पोल,तार जडान नभएको हो कि भन्ने गुनासो समेत पोखेका छन्। सदरमुकाम चैन्पुरमा त झ्याप्प-झ्याप्प बत्ती गईरहन्छ,अनि गाउँ घरमा कसरी बत्ती आउँला स्थानिय ब्यक्ति जीवन सिहँले बताएका छन्।
यस बिषयमा थप यथार्थ कुरा बुझ्नका लागी हामीले नेपाल बिधुत प्राधिकरण बझाङ्ग सँग कुरा गर्दा खेरी, अग्लो डाँडा खोड्पेमा तार जडान भएको अनि एक लाईनको फ्युज उठेको र अर्को लाईनको फ्युज नबिक्रिएको र केही अलिकति हावा हुरी र बर्षायाममा पनि बिक्रिने गरेको बिधुत प्राधिकरण बझाङ्ग ले बताएका छन्।


