बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाचार
  • जनतामारा केपि ओलि नेतृत्वको सरकार लाइ जनताले नै तह लगाउनु पर्छ- खकेन्द्र तिमिल्सेना(खुमन)

जनतामारा केपि ओलि नेतृत्वको सरकार लाइ जनताले नै तह लगाउनु पर्छ- खकेन्द्र तिमिल्सेना(खुमन)

  • शनिबार, जेष्ठ २२, २०७८
जनतामारा केपि ओलि नेतृत्वको सरकार लाइ जनताले नै तह लगाउनु पर्छ- खकेन्द्र तिमिल्सेना(खुमन)

नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य खकेन्द्र तिमिल्सेनाले सरकार ले जनताको ढाड सेक्ने गरी मुल्य वृद्धि गरेको प्रति आपत्ति जनाएका छन । सरकार ले मन्त्री हरुको जोडघटाउ गरिरहेका बेला यस्तो कोबिडको बिषम परिस्थितिमा समेत दैनिक उपभोग्य सामानहरू को मुल्य वृद्धि गरेर गरिब को ढाड सेकेको भन्दै मुल्य वृद्धि लाइ नियन्त्रण गर्न चेतावनी दिएका छन्।

हुनेखाने हरुको दैनिक त जसरी पनि चलिरहेको हुन्छ तर जो सँग बिहान बेलुकी छाक टार्न नै मुस्किल छ त्यसले कसरी यति महङ्गो मा सामानहरू को मुल्य तिर्न सक्छ?भन्दै तिमिल्सैना ले नेपालको जनताको जिवनमा थप कष्ट दिने काम यो सरकार ले गरिरहेको उनको भनाई छ नेपाली जनताले सस्तो मुल्य मा आफ्नो दैनिक उपभोग्य सामानहरू औषधी किनेर खान पाउनु पर्ने यो सरकार ले त्यसको ब्यावस्था गर्नु पर्ने उनको तर्क छ।

केहि भ्रष्ट हरुले आफ्नो खल्ती भरेर जनताको कर मा रजाइँ गरिरहेका छन त्यस्ता व्यक्ति हरुलाइ नेपाली जनताले तह लगाउनु पर्छ हामिले सर्वसुलभ मुल्य मा सबै उपभोग्य सामानहरू पाउनुपर्छ जनताले त्यो कुरा खोजेको नेता तिमिल्सेनाले बताए। मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आइसकेको भएपनि जनताले त्यसको महसुस समेत गर्न नपाएको अबस्था छ हामी सबै ले लडेर ल्याएको यति ठुलो त्याग र बलिदान गरेर ल्याएको ब्यावस्था मा पनि यस्तो अचाक्ली मुल्य बढ्नु राजस्व बढनु ले झन समस्या निम्त्याउने गरेको उहाँ को भनाई छ केपि ओलि नेतृत्व को यो सरकार ले गरेको मुल्य बृद्धि इतिहास मै सबभन्दा धेरै भएको पनि उनको भनाई छ

चर्चामा

सम्बन्धित समाचार